काठमाडौं, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार समायोजन भएको छ ।
कम्पनीको ३ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको छ ।
समायोजनपछि कम्पनीको शेयरमूल्य रू.७४४ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ७६६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश ९कर समेत० पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने जनाएको । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
प्रतिक्रिया