काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टमा नेप्से परिसुचक २३.८३ अंकले घटेर २७९२.७६ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका २०२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३८ शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २०२ कम्पनीका ७९ लाख ५५ हजार २३४ कित्ता शेयर ४ अर्ब ३० करोड १२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया