निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर आजदेखि लिलामीमा

विहीबार, १३ जेठ २०७८, १२ : ४७

काठमाडौं, निर्धन उत्थान लघुवित्तले आज (बिहीबार) देखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । 

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले तोकिएको न्यूनतम भाउ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी बन्नुपर्नेछ ।
 
निर्धनको संस्थापक सेयर लिलामीमा जेठ २० गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्न सकिन्छ ।
 

विहीबार, १३ जेठ २०७८, १२ : ४७

प्रतिक्रिया