काठमाडौं, साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक कारोबारको दुई घण्टाको अवधिमा १५.६२ अंकले घटेर २८०० विन्दुमा पुगेको छ ।
एक बजेसम्ममा कारोबारमा आएका २०७ ओटा कम्पनीको रू. ७ अर्ब ९५ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ ।
यो दिन युनाइटेड मोदी हाइड्रोपावर,खानीखोला हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएको १३ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक ४ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।
यो दिन अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्यमा वृद्धि भएसँगै यस समूहको परिसूचक पनि बढेको छ ।शेयरमूल्यमा सर्किट लागेसँगै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक खरीदविक्री भएको छ । उक्त कम्पनीको रू. ३० करोड २० लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया