कारोबार रकममा नयाँ उछाल : १४ अर्ब भन्दा बढीको कारोबार, ८७ कम्पनीको शेयरमुल्यकमा वृद्धि

विहीबार, १३ जेठ २०७८, १५ : २२

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्से परिसुचक झिनो अंकले ओरालो लागेको छ । 

अन्तिम समयसम्म  परिसुचक १.२० अंकले घटेर २८१५.४० को  बिन्दुमा पुगेको छ ।

सोही अवधीसम्म कारोबारमा आएका २१५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८७  शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आज बिहीबार कारोबारको अन्तिम समयसम्म आउँदा कारोबार रकममा नयाँ  उछाल आएको छ । नेप्सेमा आज हालसम्मकै उच्च कारोबार भएको हो ।

यस समय सम्ममा २१५ कम्पनीको  ४ करोड १५ लाख ९८ हजार ४६१ कित्ता शेयर  १ लाख ४६ हजार ११७ पटक किनबेच हुदाँ  १४ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

विहीबार, १३ जेठ २०७८, १५ : २२

प्रतिक्रिया