सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन

शुक्रबार, १४ जेठ २०७८, ०९ : ०२

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा समायोजन भएको छ ।

नेप्सेले सद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। १ हजार २०५ र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। ७९१ तोकेको छ ।

सद्धार्थ इन्स्योरेन्सको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ३५० र लुम्बिनी जनरल इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयरमूल्य रू। ८३१ आधारमा शेयरमूल्य समायोजन भएको हो ।

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

शुक्रबार, १४ जेठ २०७८, ०९ : ०२

प्रतिक्रिया