ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ २१ रुपैयाँ ११ पैसा

शुक्रबार, १४ जेठ २०७८, ११ : २२

काठमाडौं, वैशाख मसान्तसम्म आइपुग्दा ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) २१ रुपैयाँ ११ पैसा छ ।  चैतमा यसको न्याभ २१ रुपैयाँ १२ पैसा थियो । अघिल्लो महिनाको तुलनामा यसको न्याभ ०१ पैसाले घटेको हो ।

सूचीकृत कम्पनीको सेयरमा लगानी २ करोड ८६ लाख ६४ हजार रुपैयाँले बढेर १ अर्ब ९३ करोड ३० लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना यसले १ अर्ब ९० करोड ४४ लाख ११ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको थियो । अघिल्लो महिना ५ करोड २८ लाख ५८ हजार रुपैयाँ रहेको बैंक मौज्दात यो महिना ५ करोड ५ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । 

यसअवधिमा फन्डले ८८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नेपाल इन्फास्टक्चर बैंकको सेयरमा रहेको छ । बैंकको २ लाख ६१ हजार ६७४ कित्ता सेयरमा १३ करोड ८९ लाख ४८ हजार रुपैयाँ लगानी छ । 
 
 

शुक्रबार, १४ जेठ २०७८, ११ : २२

प्रतिक्रिया