सानिमा म्युचुअल फण्डद्धारा ४३ करोड ८६ लाख सूचीकृत शेयरमा लगानी

शुक्रबार, १४ जेठ २०७८, १३ : ५१

काठमाडौं, सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले गत वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू.४३ करोड ८६ लाख ६२ हजार लगानी गरेको छ । 

फण्डले चैत महीनामा सूचीकृत शेयरमा मात्र रू. २६ करोड १० लाख १ हजार लगानी रहेको थियो ।  

चैत मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव २० रहेकोमा वैशाख मसान्तमा वृद्धि भएर रू.१०.२१ पुगेको हो ।  

उक्त योजनाले वैशाख मसान्तसम्ममा रू. २ करोड ४८ लाख १४ हजार नाफा कमाएको छ । चैतको तुलनामा वैशाखमा नाफा ५.३३ प्रतिशतले वृद्धि भएको हो । चैत महीनामा योजनाको कुल आम्दानी रू. ३ करोड २९ लाख ४३ हजार रहेकोमा बैशाख मसान्त मा रू. ३ करोड ६० लाख ९६ हजार पुगेको हो । 
 

शुक्रबार, १४ जेठ २०७८, १३ : ५१

प्रतिक्रिया