काठमाडौं, प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड भएको छ। फन्डमा ८५ हजार ५ सय ५५ जनाले आवेदन दिएकामध्ये ८२ हजार १ सय ५२ जना आवेदकले इकाई पाएका छन् ।
न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरू बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रूपमा इकाईहरू बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ ।
जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु। १ अर्ब २५ करोडको भएको छ ।
सर्वसाधारण लगानीकर्ताहरूलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फन्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रब्घक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको जनाइएको छ ।
प्रतिक्रिया