काठमाडौं - यस साता विभिन्न ३ वटा कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ । नेप्सेका अनुसार एउटा कम्पनीको बोनस सेयर, एउटा म्युचुअल फण्ड र एउटा बैंकको ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो ।
एनसीसी बैंक लिमिटेडको '९.५५ एनसीसी ऋणपत्र २०८६' को ३० लाख कित्ता ऋणपत्र सूचिकरण भएको छ । बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २७.७६९ प्रतिशत बोनस बापतको ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साथै सनराइज ब्लूचिप फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो ।
क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो ।
प्रतिक्रिया