प्रि ओपनिङ्ग सेसनमा २०.७२ अंकले बढ्यो नेप्से, ६० कम्पनीको शेयरमुल्यमा वृद्धि

आइतबार, १६ जेठ २०७८, १० : ५९

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २०.७२ अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २०.७२ अंकले बढेर २८३६.११ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज  ८० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ८० कम्पनीका ५७ हजार ३२९ कित्ता शेयर २ करोड ६३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, १६ जेठ २०७८, १० : ५९

प्रतिक्रिया