नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

आइतबार, १६ जेठ २०७८, ११ : ३४

काठमाडौं, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला गर्ने भएको छ । 

यस शेयरमा आवेदकले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनु पर्नेछ । उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । 

बोलपत्र जेठ ३१ गते एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आइतबार, १६ जेठ २०७८, ११ : ३४

प्रतिक्रिया