दोस्रो घण्टा : ३२.८० अंकले बढ्यो नेप्से, नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार

आइतबार, १६ जेठ २०७८, १३ : २०

काठमाडौं, कारोबारको पहिलो दिन (आइतवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३२.८० अंकले बढेर २८४८.१९ विन्दुमा पुगेको छ ।

कारोबारको दोस्रो घण्टा सम्ममा २११ ओटा कम्पनीको रू. ८ अर्ब ८४ करोड ८९ लाख ९७ हजार बराबरको शेयर कारोबार भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये व्यापार, अन्य र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ  ।

यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३२ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २५८ मा कारोबार भइरहेको छ ।
 

आइतबार, १६ जेठ २०७८, १३ : २०

प्रतिक्रिया