राधी विद्युत्ले ९५ लाख ३५ हजार  हकप्रद शेयर विक्री गर्दै

सोमबार, १७ जेठ २०७८, ११ : २९

काठमाडौं, राधी विद्युत् कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ को आधारमा उक्त हकप्रद शेयर विक्री गर्ने भएको हो ।

कम्पनीले १ बराबर १.४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । 

कम्पनीले हकप्रद शेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गराउने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू। ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । 

सोमबार, १७ जेठ २०७८, ११ : २९

प्रतिक्रिया