काठमाडौं, कारोबारको दोस्रो दिन सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ११.०९ अंकले बढेर २८३९.०२ विन्दुमा पुगेको छ ।
कारोबारको पहिलो घण्टामा २०८ ओटा कम्पनीको ७१ लाख ८७ हजार ७२७ कित्ता शेयर ३७ हजार ८५१ पटक कारोबारमा हुदाँ रू. ३ अर्ब ६६ करोड ४४ लाख १३ हजार बराबरको शेयर कारोबार भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये व्यापार, जलविद्युत् र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।
प्रतिक्रिया