बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च  विन्दुमा, कारोबार रकम झन्डै १७ अर्ब

विहीबार, २० जेठ २०७८, १५ : ५५

काठमाडौं, कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक हालसम्मकै उच्च  विन्दुमा पुगेको छ । आज परिसुचक २८५६.७७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २९.५५ अंकले बढेको छ ।

सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ ।

यस्तै, शेयर बजारमा बिहीबार २१८ ओटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर  १ लाख ५५ हजार ६५५ पटक कारोबार हुदाँ रू. १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीलेले सर्वाधिक रकमको शेयर कारोबार गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. १ अर्ब २ करोड ७० लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो ।

बिहीवारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३.७४ प्रतिशत बढेको छ भने वित्तको ३.३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३.३२ प्रतिशत बढेको छ । 

त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ । 
 
यस दिन चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ६८ प्रतिशत र ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ५५ प्रतिशतले मूल्य बृद्धि भएको हो । 
 

विहीबार, २० जेठ २०७८, १५ : ५५

प्रतिक्रिया