काठमाडौं, समृद्धि फाइनान्सले असार ३ गतेदेखि सस्थापक शेयर लिलामी गर्ने भएको छ।
कम्पनीले हकप्रद नबिकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी खुला गर्ने जनाएको छ । कम्पनीले गत मंसिर हकप्रद शेयर विक्री खुला गरेको थियो।
लिलामीको शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया