सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २५ लाख १८ हजार कित्ता साधारण शेयर सहित कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले पहिलो शेयर कारोबारका लागि न्यूनतम प्र्रतिशेयर १३८.७९ देखि अधिकतम ४१६.३७ रुपैयासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सिएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।
कम्पनीले वैशाख १७ देखि वैशाख २१ गतेसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएर २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको बिक्री गरेको थियो ।
प्रतिक्रिया