साताको कारोबारको चौथो दिन बुधवार ४ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । कारोबार सुरु भएको २ घण्टाको अवधिमा योदिन रिडी हाइड्रो डेभलपमेण्ट कम्पनी , अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर र बरुण हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा वृद्धि भएको हो ।
योदिन रिडी हाइड्रो डेभलपमेण्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत र बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले वृद्धि भएको हो ।
रिडी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७६, अरुण भ्याली हाइड्रोपावरको ४७९, सीईडीबी हाइड्रोपावरको ४५७ र बरुण हाइड्रोपावरको शेयरमूल्य ५३७ पुगेको हो ।
प्रतिक्रिया