सीईडीबी हाइड्रोपावरको शेयरमूल्य  बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

विहीबार, २७ जेठ २०७८, ११ : ४६

कारोबारमा आएको दोस्रो दिन बिहीवार सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५०२ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

यो समाचार तयार पार्दाको समय ११ स् ३५ बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग ६ लाख २७ हजार ७८७ कित्ता रहेकोछ भने विक्री माग शून्य रहेको छ ।

 नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू। १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म मूल्य रेञ्ज तोकेकोमा हाई रेञ्जमा कारोबार शुरु भएको थियो ।

विहीबार, २७ जेठ २०७८, ११ : ४६

प्रतिक्रिया