काठमाडौं, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ ।
कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त लिलामी शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो ।
कम्पनीले यसबाट पनि शेयर बाँकी रहेमा अन्य व्यक्ति,कम्पनी,संघ,संस्थाहरु बीच बढी कबोल गर्नेलाई विक्री गर्ने छ । बोलपत्र असार ११ गते सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा बिहान ११ः३० मा खोलिने छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया