पहिलो घण्टा : ३७.२५ अंकले बढेर ऐतिहासिक उचाईमा नेप्से, कारोबार रकम पनि ६ अर्ब माथि

सोमबार, ३१ जेठ २०७८, १२ : १६

काठमाडौं, कारोबारको दोस्रोे दिन (सोमबार) पहिलो घण्टामा नेप्से परिसुचक ३७.२५ अंकले बढेर ऐतिहासिक उचाईमा पुगेको छ । 

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुभचक ३७.२५ अंकले बढेर ३०२०.३६ को बिन्दुमा पुगेको छ ।  हालसम्मकै उच्च बिन्दुमा पुगेको हो  । 

आज २०८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको  ५८ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०८  कम्पनीका १ करोड १३ लाख ६८ हजार ७८३  कित्ता शेयर ६ अर्ब ५ करोड १९ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार, ३१ जेठ २०७८, १२ : १६

प्रतिक्रिया