अनलाइन शेयर कारोबारका लागि सात लाख बढि युजरनेम र पासवर्ड

सोमबार, ३१ जेठ २०७८, १२ : ३८

काठमाडौं - अनलाइनमार्फत शेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या बढेको हो ।

आइतवार मात्रै शेयर कारोबार रकम र सङ्ख्याले रेकर्ड बनाएको छ । आइतवार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन् ।

एक लाख ८२ हजार चार सय वटा कारोबार भएका थिए । यसैबीच नेप्सेले दोस्रो बजारमा सहभागी हुँदा आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, व्यवस्थापकीय पक्ष, नाफा नोक्सानको अवस्था लगायतका विषयमा चनाखो रहन पनि सुझाव दिएको छ ।
 

सोमबार, ३१ जेठ २०७८, १२ : ३८

प्रतिक्रिया