दोस्रोे घण्टा : १० अर्ब भन्दा बढी कारोबार भएको शेयर बजारमा नेशनल हाइड्रोपावरको सर्वाधिक हिस्सा

सोमबार, ३१ जेठ २०७८, १३ : १३

काठमाडौं, कारोबारको दोस्रोे दिन (सोमबार) दोस्रोे घण्टामा नेप्से परिसुचक ३४.९२ अंकले बढेको छ ।

कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक ३४.९२ अंकले बढेर ३०१८.०२ को बिन्दुमा पुगेको छ ।  

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६८ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २१६ कम्पनीका १ करोड ९० लाख ६८ हजार ६७३  कित्ता शेयर १० अर्ब १३ करोड ७७ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.१७ करोड ४ लाख बराबरको शेयर कारोबार भएको छ ।

सोमबार, ३१ जेठ २०७८, १३ : १३

प्रतिक्रिया