काठमाडौं,कारोबारको तेस्रोे दिन (मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ३५.९८ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक ३५.९८ अंकले बढेर ३०६१.८१ को बिन्दुमा पुगेको छ । प्रि ओपनिङ्ग सेसनमा नै परिसुचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १०३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १८ शेयरमूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा १०३ कम्पनीका ४३ हजार ४० कित्ता शेयर ३ करोड ७७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया