काठमाडौं, पछिल्लो समय नयाँ रेकर्ड कायम गर्दै आएको नेपाल स्टक एक्सेन्च (नेप्र्से) सूचकमा मंगलबार भने सामान्य करेक्सन भएको छ।
यस दिन नेप्से सूचक ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा झरेको हो। यस दिन २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर १ लाख ६४ हजार ७९० पटक कारोबार हुदाँ १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्से सूचकमा सामान्य करेक्सन देखिएपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभमा वृद्धि भएका छन । यस दिन सिईडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत भन्दा बढीले वृद्धि भएका छन ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहको सूचकमध्ये ८ उपसमुहको सूचक नकारात्मक बन्दा ५ उपसमूहको सूचक मात्रै सकारात्मक देखिएका छन्। अन्य उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा विकास बैंक उपसमूहको सूचक भने ४.४२ प्रतिशतले घटेको छ। यस्तै फाइनान्स उपसमूहको सूचक पनि ३.२९ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थान रहेको छ। यस दिन पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै एचआईडिसीएलको ५२ करोड ३१ लाख रुपैयाँ, एचडिएलको ४२ करोड ३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रतिक्रिया