काठमाडौं, साताको तेस्रो दिन मंगलवार पाँच ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।
कारोबारमा आएका २२६ ओटा कम्पनीमध्ये यो दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ७.६६ प्रतिशतले घटेको छ ।
त्यस्तै लिवर्टी इनर्जी कम्पनीको ७.०२ प्रतिशत,बरुण हाइड्रो पावरको ६.९८ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६.५७ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ६.४२ प्रतिशतले घटेको हो ।
यो दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ५०६,लिवर्टी इनर्जीको रू. ४२४, बरुण हाइड्रोपावरको रू.६००, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू.५१२ र नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य रू.४८१ पुगेको छ ।
प्रतिक्रिया