मिडास स्टकलाई कारबाहीको माग गर्दै सेबोनमा निवेदन

बुधबार, ०२ असार २०७८, ११ : १६

काठमाडौं - लगानीकर्ता सतिस खनालले ब्रोकर नं २१ख (मिडास स्टक ब्रोकिङ) कारबाही गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । 

उनले कम्पनीको दर्ता खारेजीसम्मको माग गर्दै सेयर बजारको नियामक निकाय बोर्डमा निवेदन दिएका हुन् । खनालले निवेदनमा मिडासले लामो समयदेखि लगानीकर्ताहरुलाई बोर्डको ऐन नियमविपरित दुःख दिईरहेको र जालझेल गरिरहेको अवगत गराउँदै हजारौँ लगानीकर्ताहरुको रकममा खेलवाड र ठगि गरिरहेको आरोप लगाएका छन् ।

उनले मिडासले लगानीकर्ताहरुलाई बेचेको सेयरको भुक्तानी गर्न महिनौ दिन लगाउने गरेको आरोप लागाएका छन् । उनले किनेको सेयर पनि समयमौ लगानीकर्ताको खातामा नपठाएको भन्दै उनले ब्रोकरले बोर्डको बिद्यमान ऐन कानुनकै धज्जी उडाएको बताएका छन् ।

उनले मिडासलाई निषेधाज्ञाको अवधिमा लगानीकर्ताहरुबाट सम्पर्क विहिन भएको आरोपसमेत लगाएका छन् । उनले ब्रोकरले वेबसाईटमा आफ्नो आधिकारीक मोबाइल नम्बर पनि अध्यावधिक नगराएको बताएका छन् । 


 

बुधबार, ०२ असार २०७८, ११ : १६

प्रतिक्रिया