काठमाडौं, साताको चौथो दिन( बुधबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७३३ पुगेको हो ।
यो समाचार तयार पर्दा सम्म ११ बजेर १० मिनेट जाँदा १ लाख ३९ हजार २११ कित्ता शेयरको खरिद माग भएको छ भने विक्री कर्ता शुन्य रहेको छ ।
प्रतिक्रिया