काठमाडौं,साताको चौथो दिन (बुधबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसुचक दोहारो अंकले ओरालो लागेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक १९.५९ अंकले घटेर ३००२.५१ को बिन्दुमा पुगेको छ ।
आज २१२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१२ कम्पनीका १ करोड ३३ लाख ९४ हजार २१४ कित्ता शेयर ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया