धितोपत्र बोर्डको इमेल ह्याक गरी सिबिआईलाई मेल

बुधबार, ०२ असार २०७८, १४ : ०६

काठमाडौं - धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्डको आधिकारीक इमेल आइडी ह्याक भएको छ । 

बोर्डले ह्याक भएको इमेल अहिले रिकभर भइसकेको बताएको छ । कसले ह्याक गर्यो भन्ने अनुसन्धान भइरहेको बोर्डले जनाएको छ ।

ब्रोर्डका प्रबक्ता निरज गिरीले कसैले बोर्डको इमेल ह्याक गरेर प्रहरीको अनुसन्धान ब्युरो ९सिबिआई० लाई मेल गरेको पाइएको जनाएका छन् । उनले बाहिर आएको हल्ला जस्तो अध्यक्षकै बिरुद्धमा अख्तियारमा उजुरी दिएको भन्ने कुरामा भने सत्यता नरहेको बताए ।

बोर्डको इमेल ह्याक गरेर कसैले बोर्डकै अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी गरेको भन्ने सामाजिक संजालहरुमा हल्ला फैलिएको थियो । 

बुधबार, ०२ असार २०७८, १४ : ०६

प्रतिक्रिया