काठमाडौं, साताको चौथो दिन (बुधबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसुचक भारी अंकले ओरालो लागेको छ ।
तीन घण्टाको अवधीमा परिसुचक ६२.१४ अंकले घटेर २९५९.९६ को बिन्दुमा पुगेको छ ।
आज २१७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१७ कम्पनीका २ करोड ३ लाख ४७ हजार ९२ कित्ता शेयर ११ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया