बुधबार शेयरबजारमा पहिरो : परिसुचक २९६९.७२ विन्दुमा झर्‍यो, १७ कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट

बुधबार, ०२ असार २०७८, १५ : ५७

काठमाडौं, साताको चौथो दिन (बुधबार) शेयर बजारमा पहिरो गएको छ। यस दिन नेप्से सूचक ५२.३९ अंकले घटेर २९६९.७२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ८.५६ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहको सूचमकध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने माइक्रोफाइनान्स उपसमूहको सूचक भने २.६२ प्रतिशतले बढेको छ।

यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ६.८१ प्रतिशतले घटेको छ भने विकास बेंक उपसमूहको ४.०३ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.७४ प्रतिशतले घटेको छ। यस्तै होटल उपसमूहको सूचकमा पनि ५ प्रतिशतभन्दा धेरैको गिरावट देखिन्छ।

बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर कारोबार हुदाँ १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा बराबरको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १७ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन्।

बुधबार नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ६० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको ५५ करोड ५७ लाख, नेश्नल हाइड्रोपावरको ४६ करोड ७६ लाख र अरुण भ्यालि हाइड्रोपावरको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार, ०२ असार २०७८, १५ : ५७

प्रतिक्रिया