पब्जी कम्पनीले ५ अर्ब डलर बराबरको आइपीओ जारी गर्दै

बुधबार, ०२ असार २०७८, १७ : ३६

काठमाडौं, चर्चित भिडियोगेम ‘प्लेयरअननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी)’ निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्र्याफ्टन इन्क’ ले आइपीओ जारी गर्ने भएको छ । 

कम्पनीले करिब ५.६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्र्याफ्टनले जनाएकोे छ । क्र्याफ्टनले दक्षिण कोरियाकै सबैभन्दा ठूलो आइपीओको रुपमा रेकर्ड राख्नेछ । यसअघि सन् २०१० मा सामसुङ लाइफ इन्सुरेन्सले ४.९ खर्ब कोरियन वन अर्थात ४.४ अर्ब अमेरिकी डलर बराबरको आइपीओ बेचेको थियो । 
 
क्र्याफ्टनले प्रतिसेयर ४ लाख ५८ हजारदेखि ५ लाख ५७ हजार कोरियन वनको रेन्जमा १ करोड शेयर जारी गर्ने जनाएको छ । 
 
क्र्याफ्टनको अनलाइन मल्टिप्लेयर गेम ‘पब्जी’ २ करोड ५० लाख प्रतिभन्दा धेरै बिक्री भइसकेको छ । सन् २०१७ मा सार्वजनिक भएयता पब्जी सर्वाधिक छिटो बिक्री भएको गेममध्ये एक हो । चिनियाँ प्रविधि कम्पनी ‘टेनसेन्ट’ क्र्याफ्टनको देस्रो ठूलो सेयरहोल्डर हो । टेनसेन्टको क्र्याफ्टनमा १५.३५ प्रतिशत शेयर स्वामित्व रहेको छ । क्र्याफ्टनले यसै वर्ष २ वटा गेम सार्वजनिक गर्ने तयारी गरेको छ । 

बुधबार, ०२ असार २०७८, १७ : ३६

प्रतिक्रिया