काठमाडौं, नेपाल धितोपत्र बोर्डले जोखिमपुर्ण भन्दै सार्वजानिक गरेको ५१ मध्ये ४८ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य सामान्य बढेको छ ।
बोर्डले सार्वजानिक गरेको सूचमा ४ वटा फाइनान्स कम्पनी परेका थिए। ती चारवटा फाइनान्सको शेयरमूल्य औषतमा ९.७१ प्रतिशतले घटेको छ।
यस्तै २२ वटा हाइड्रोपावर कम्पनीमा २० वटाको शेयरमूल्य घटेको छ। बोर्डले सार्वजानिक गरेको २२ हाइड्रोपावरको शेयरमूल्य औषतमा ६.३७ प्रतिशतले घटेको छ।
त्यस्तै होटल, डेभलपमेन्ट बैंक, उत्पादन तथा प्रशोधन, व्यापार र माइक्रोफाइनान्सका दुई दुई वटा कम्पनी परेका थिए। यस्तै लगानी उपसमूहका ४ कम्पनीको शेयरमूल्य औषतमा २.९८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्सको ५ कम्पनीको शेयरमूल्य औषतमा २.९३ प्रतिशतले घटेको छ।
५१ कम्पनीमा कसको शेयरमूल्य कतिले घट्योः
प्रतिक्रिया