१९ लाख ७७ हजार बढि कित्ता आईपीओ निष्काशन गर्दै जीवन विकास लघुवित्तल, कहिलेबाट ?

विहीबार, ०३ असार २०७८, ०७ : ०३

काठमाडौं - जीवन विकास लघुवित्तलले प्राथमिक साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार ११ गतेबाट आईपिओ निष्काशन गर्ने भएको हो । 

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । साथै बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।  
 
लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 

 

विहीबार, ०३ असार २०७८, ०७ : ०३

प्रतिक्रिया