अनलाइन कारोबार : ब्रोकरको कमिसन लगानीकर्ताले तिर्दै

शुक्रबार, ०४ असार २०७८, ०९ : ३४

काठमाडौं - निषेधाज्ञासँगै सेयर बजारमा अनलाइन कारोबार बढ्न थालेको छ । लगानीका अरू विकल्पलाई निषेधाज्ञाले असर गरिरहेको अवस्थामा सेयर बजारमा औसत १७ अर्बसम्मको कारोबार हुने गरेको छ ।

अनलाइन कारोबार भए पनि ब्रोकरको कमिसन भने लगानीकर्ताले तिरिरहेका छन् । औसत १७ अर्बको कारोबारलाई आधार मान्दा लगानीकर्ताले कमिसन रकमको रूपमा औसतमा दैनिक १२ करोड रुपैयाँसम्म तिर्ने गरेका छन् । 

लगानीकताले तिरेको यो रकम ब्रोकर मात्र होइन, नेप्सेले पनि पाउँछ । अर्को सीडीएससी, बोर्डले पनि कमिसन पाउँछन् ।  यति ठूलो रकम तिर्नु परेपछि लगानीकर्ताहरु ब्रोकरलेस कारोबार हुनुपर्छ भन्ने पक्षमा छन् भने नेपाल स्टक एक्सचेन्ज तत्काल ब्रोकरलेस कारोबार गर्न सम्भव नभएको बताउँछ ।

इतिहासकै उच्च कारोबार भएको दिन ९१९ अर्ब ४२ करोड ३४ लाख ५८ हजार सात सय ६८ कारोबार० ब्रोकरहरुले पनि उच्च कमिसन ९१३ करोड ५९ लाख ६४ हजार २ सय ११० पाएका थिए । जति बढी कारोबार हुन्छ उति बढी धितोपत्र दलाल व्यवसायीले कमिसन रकम पाउने गर्छन् ।

कुल कारोबार रकममा किन्दा र बेच्दा दुवैपटक लगानीकर्ताले कमिसन तिनुपर्ने हुन्छ । यसकारण कुल कारोबार रकमलाई २ ले गुणन गरी ब्रोकर कमिसनको औसत आधार मान्ने र जति आधार मानिन्छ त्यसले भाग गर्दा आउने रकम कमिसन बापतको रकम हो ।

शुक्रबार, ०४ असार २०७८, ०९ : ३४

प्रतिक्रिया