काठमाडौं, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग पाएको छ ।
कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्कासन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।
कम्पनीले हाल १२० ओटा शाखा कार्यालयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ ।
प्रतिक्रिया