काठमाडौ, आज साताको तेस्रो दिन मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ६४.५९ अंकले बढेर २८९९ विन्दुमा पुगेको छ । २८४७.५३ विन्दुबाट शुरु भएको बजार कारोबारको दोस्रो घण्टामा २.२८ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको ५९ हजार २०९ पटकको कारोबारमा ९७ लाख ५३ हजार २०७ कित्ता शेयरको रू. ५ अर्ब ३६ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १ अर्ब ८ करोड बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया