काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको ९ लाख कित्ता असार २ गतेदेखि लिलामीमा ल्याएको हो ।
कम्पनीले बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १४० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
लिलामीमा ल्याएको उक्त शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ समयसम्म रहेको छ ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।
कम्पनीले बोलपत्र असार १७ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खोल्ने पनि जानकारी दिएकोछ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा रहेको छ ।
प्रतिक्रिया