भोलिदेखि मनकामना स्मार्ट लघुवित्त आईपीओ निष्कासन, कहिलेसम्म दिन सकिने आवेदन ?

बुधबार, १६ असार २०७८, १३ : ०४

काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गते (भोलि)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो । 

कुल कित्तामध्ये  ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७.८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२.११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ । 

बुधबार, १६ असार २०७८, १३ : ०४

प्रतिक्रिया