आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

विहीबार, १७ असार २०७८, ११ : २६

काठमाडौं, फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनी ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । 
 
यसमा न्यूनतम १००० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

विहीबार, १७ असार २०७८, ११ : २६

प्रतिक्रिया