२२.८१ अंकले उकालो लागेको शेयर बजारमा १३७ कम्पनीको शेयरमुल्यमा वृद्धि, कारोबार रकम कति ?

विहीबार, १७ असार २०७८, १२ : १६

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।

यस अवधीसम्म २२.८१ अंकले बढेर २८४६.६९ विन्दुमा पुगेको छ ।  कारोबारको पहिलो घण्टामा ०.८१प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा कारोबारमा आएका २०३ ओटा कम्पनीको १छ हजार ३३७ पटकको कारोबारमा ६४ लाख ३९ हजार ६५३ कित्ता शेयरको रू १ अर्ब ३४ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म ज्योति विकास बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ६ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २०३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३२ शेयरमूल्य घटेको छ । ९  कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, १७ असार २०७८, १२ : १६

प्रतिक्रिया