काठमाडौ - नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन् ।
शुक्रबार पत्रकारहरुसँग भएको भेटघाट कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । शेयर बजारमा भएका समस्यालाई सामाधान गर्दै सर्वसाधारण अनुकुल बनाइने बताएका छन् ।
साथै वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या सामाधान गर्दै सर्वसाधारणको हित हुने गरी विकास गरिने मन्त्री शर्माले बताएका छन् ।
प्रतिक्रिया