यो साता ७ कम्पनीको शेयर नेप्सेमा सूचिकृत, कुनको कत्ति ?

शनिबार, ०२ साउन २०७८, ०९ : ०७

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा विभिन्न ७ कम्पनीको शेयर सुचिकृत भएको छ । जसमा पाँच कम्पनीको बोनस शेयर, एक कम्पनीको ऋणपत्र र एक कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । 

डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्था,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी विकास बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल राष्ट्र बैंक रअरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । 

१. डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्था
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५०.३७ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

२. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

३. महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीृकत भएको छ । बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८.८० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीृकत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । 

४. मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६.९४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

५. नेपाल राष्ट्र बैंक
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । २०८४ च, २०८३ ग नामको ६ वर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ  नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले बताएको छ । 

६. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभु इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको जेठ ६ गते सम्पन्न भएको कम्पनीको २५ औँ वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियो ।

७. अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी
अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत वैशाख ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

शनिबार, ०२ साउन २०७८, ०९ : ०७

प्रतिक्रिया