गत साता १६७ अंकले ओरालो लागेको नेप्से परिसुचक यो साता के होला ?

आइतबार, २० भदौ २०७८, १० : ५७

काठमाडौं, गत साता नेप्से परिसुचक १६७ घटेको थियो । अघिल्लो साता ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.४० प्रतिशत अर्थात १६७.१६ अंक घटेर २९२६.८९ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने भोल्यूम १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा ५ दिने औषत भोल्यूम २२.३८ प्रतिशत कम हो।

गत साता १३ उपसमूहमध्ये एक उपसमूहको मात्र परिसूचक बढेको छ र त्यो हो होटल तथा पर्यटन उपसमूह। अघिल्लो साता ३५४८.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत सात ५२.३७ अंक बढेर ३६००.९४ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३४०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, ५ दिने इएमए बिस्तारै माथि तर्फ लाग्न थालेको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

आइतबार, २० भदौ २०७८, १० : ५७

प्रतिक्रिया