काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) सूचीकरणमा ढिलाई हुने भएको छ । साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएको लघुवित्तको शेयर अर्को साता मात्रै सूचीकरण हुने भएको हो ।
सूचीकरण सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपनि लघुवित्तको सिईओ काठमाडौं बाहिर रहेकोले शेयर सूचीकणमा ढिलाई भैरहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको छ ।
अर्को साता भित्रै लघुवित्तको शेयर सूचीकरण भएर दोस्रो बजारमा कारोबार खुलाउने एसविआई क्यापिटलको तयारी छ ।
प्रतिक्रिया