रुसले युक्रेन युद्ध : प्राकृतिक ग्यासको मूल्य बढेर १४ वर्षयताकै उच्च स्तरमा

१ बर्ष अगाडि

काठमाडौं- विश्वबजारमा प्राकृतिक ग्यासको मूल्य बढेर १४ वर्षयताकै उच्च स्तरमा उक्लिएको छ ।

रुसले युक्रेन युद्धले विश्वको ऊर्जा बजारमा उथलपुथल भइरहेको छ । मंगलवारको कारोबारमा हेनरी हबको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर प्रति १० लाख ब्रिटिश थर्मल युनिट (एमएमबीटीयू) को मूल्य बढेर ८ डलर १६९ सेन्टसम्म पुगेको छ ।

यो सन् २००८ को सेप्टेम्बरयताकै उच्च हो । बजार बन्द हुँदा भने प्रति एमएमबीटीयू ग्यासको मूल्य ७ डलर ९४५ सेन्टमा आएको थियो ।  

अमेरिकामा ग्यास उत्पादन घट्नु पनि मूल्य वृद्धिको अर्को कारण हो । अमेरिकामा ग्यास भन्डारण गत वर्षको यति बेलातिरको भन्दा २१ प्रतिशत कम छ । 

गएको दुई दिनको कारोबारमा प्राकृतिक ग्यासको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । अप्रिलमा पनि यसको मूल्य झन्डै ३० प्रतिशतले बढेको थियो । एजेन्सी
 

१ बर्ष अगाडि

प्रतिक्रिया