अरुण तेस्रो बनाउन भारतीय कम्पनी सतलजले ८० अर्ब नेपाल भित्र्याउँदै

आइतबार, २७ माघ २०७५, १० : ५६

काठमाडौँ –  संखुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका निम्ति भारतीय कम्पनी सतलज विद्युत् निगमले ८० अर्ब बढी लगानी भित्र्याउने तयारी गरिएको छ ।
भारतीय मिडियाका अनुसार सतलज विद्युत् निगमले भारतको स्टेट बैंक अफ इन्डियाबाट ८० अर्ब बढी रकम नेपाल भित्र्याउन लागिएको हो ।

सतजल विद्युत् निगमले नेपालमा आयोजना निर्माणका लागि एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ । सो कम्पनीले आयोजनाको काम यसअघि नै सुरु गरिसकेको छ ।

भारतको निजी क्षेत्रको कम्पनी जीएमआरले माथिल्लो कर्णाली निर्माण गर्न लगानी जुटाउन नसकिरहेको बेला सतजले भने नेपालमा एकैपटक ठूलो परिमाणको रकम भित्र्याएर आयोजना निर्माणलाई थप गति दिन लागेको हो ।

भारतीय मिडियाले भारतीय कम्पनी सतलज विद्युत् निगमको उच्च स्रोतको हवला दिँदै अरुण तेस्रोमा ऋण लगानी गर्ने विषयमा बैंक र प्रवद्र्धक सतलज विद्युत् निगमबीच सहमति समेत भइसकेको जानकारी दिएको छ  ।

आइतबार, २७ माघ २०७५, १० : ५६

प्रतिक्रिया