काठमाडौं – अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित नेपाली सेनाका बहालबाल जवान ऐकन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको वर्द गोरिया गाउँपालिका–१ स्थायी घर भई नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीलाई काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीका कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ । सगरमाथा गेष्ट हाउसको कोठा नम्बर–१०३ बाट पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रतिक्रिया